१५ चैत्र २०८०, बिहीबार
Follow Us

अल्टिच्यूड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त, ५ को मृत्यु, एक गम्भीर घाइते

नेपालब्रिटेन संवाददाता
२३ भाद्र २०७५, शनिबार ११:०२

काठमाडौं । शनिबार बिहानदेखि सम्पर्कविहित भएको अल्टिच्यूड एयरको हेलिकोप्टर करिब ७ घन्टापछि नुवाकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। नुवाकोटको मेघान–१ स्थित जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । दुर्घटनामा ५ जनाको मृत्यु भएको र एक महिलाको अवस्था गम्भीर रहेको नुवाकोटका एसप िबसन्त कुँवरले नयाँ पत्रिकालाई जानकारी थिए । हेलिकोप्टरमा ७ जना रहेकोमा एक जना बेपत्ता छन् ।

दुर्घटनाग्रस्त स्थानमा उद्धारका लागि खटिएको हेलिकोप्टर ल्यान्ड हुन नसकेको प्रहरीले जनाएको छ । बिहान ७:४० मा ६ यात्रु बोकेर गोरखाबाट काठमाडौं आउँदै हेलिकोप्टर सम्पर्कविहिन भएपछि खोजी सुरु गरिएको थियो ।

हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका- २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो– १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु थिए ।