१५ चैत्र २०८०, बिहीबार
Follow Us

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाडौं ल्याइँदै

नेपालब्रिटेन संवाददाता
२४ भाद्र २०७५, आईतवार ०५:३४

काठमाडौं । नुवाकोटको मेघाङ गाउँपालिकामा हिजो भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज काठमाडौँ ल्याईँदैछ । मृत्यु भएकाको शव घटनास्थलबाट नुवाकोटको विदुर ल्याइसकिएको छ । त्यहाँबाट काठमाडौं ल्याउने तयारी हुँदैछ ।
शव लिनका लागि काठमाडौँबाट हेलिकप्टर गएको त्रिभूवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । गोरखाको सामागाउँबाट काठमाडौँ आउँदै गरेको अल्टिच्युड एयरको हेलिकप्टर हिजो दुर्घटना भएको थियो । हेलिकप्टरमा पाइलटसहित सातजना रहेकोमा ६ जनाको ज्यान गएको छ ।

एक यात्रु आनी डोल्मा भने बाँच्न सफल हुनु भएको छ । डोल्माको मेडिसिटी अस्पताल ललिपुरमा उपचार भइरहेको छ । हेलिकोप्टरका पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाकी ३७ वर्षीया हीरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–१ का छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङको मृत्यु भएको छ ।

सबैको शव लिन हेलिकप्टर गएको र ल्याईएका शव महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगिने महाप्रबन्धक क्षेत्रीले बताउनु भयो । । त्रिविमै पोस्टमार्टम हुने भएकाले शव त्यहिँ ल्याउने तयारी भएको हो ।