८ बैशाख २०८१, शनिबार
Follow Us

आज १०५ औँ बीपी जन्मजयन्ती

नेपालब्रिटेन संवाददाता
२४ भाद्र २०७५, आईतवार ०५:४०

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बिश्वेश्वर प्रसाद कोइरालाको १०५औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । नेपाली राजनीतिका शिर्ष व्यक्तित्व कोइरालाको जन्मजयन्तीका अबसरमा नेपाली कांग्रेसले देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।

१९७१ भदौ २४ गते जन्मिएका कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति प्रतिवद्ध रहँदै जनतालाई सार्वभौम सम्पन्न बनाउन जीवनभर संघर्ष गरेका थिए । २००७ सालमा राणा शासनको अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका कोइराला २०१५ सालमा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए ।

राष्ट्रियता खतरामा रहेको विश्लेषण गर्दै कोइराला तत्कालिन निरकुंश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परित्याग गरि मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फर्किएका थिए । क्यान्सर रोगले बिपीको विक्रम सम्वत २०३९ साउन ६ गते निधन भएको थियो ।