१९ बैशाख २०८१, बुधबार
Follow Us

पोखराको बेगनास तालमा डुंगा दुर्घटना, मृत्यु हुनेको संख्या आठ पुग्यो

नेपालब्रिटेन संवाददाता
२४ भाद्र २०७५, आईतवार १३:१०

पोखरा । शनिवार बेगनास तालमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका आठ जनाकै शव फेला परेको छ । गोताखोरका साथै प्रहरी र सेनाको टोलीले बेपत्ता छ जनाको शव आज फेला परेको हो । दुई जनाको शव शनिवार नै फेला परेको थियो । दश जना सवार डुङ्गा दुर्घटना हुँदा २ जना भने पौडिएर बाँच्न सफल भएका थिए ।

नवलपरासीको गैँडाकोट घर भएका ३२ वर्षीय रवि खनाल, उनका सात वर्षीय छोरा शङ्कर र आठ वर्षीय छोरा शिव खनाल, पाँच वर्षीय प्राचीन पौडेल, चार वर्षीय रञ्जीत गैरे र १७ वर्षीया मनिषा बजगाईको शव आज फेला परेको हो ।

शनिवार नै जमुना कँडेल र कृष्णकुमारी बजगाईको शव फेला परेको थियो । गैडाकोटबाट परिवार सहित ससुराली आएका रवि खनालले चलाएको डुंगा डुबेको हो । उनीहरु बेगनासमा रहेका आफन्तकोमा दर खान जाँदै थिए । पाँच जना मात्रै चढ्न मिल्ने डुंगामा दश जना चढेकाले दुर्घटना भएको अनुमान गरिएको छ ।