११ बैशाख २०८१, मंगलवार
Follow Us

बाँकेमा झारफुकका नाममा १५ वर्षीया बालिकाको बलात्कार

नेपालब्रिटेन संवाददाता
२४ भाद्र २०७५, आईतवार १४:३९

बाँके । बाँकेमा केही समय यता बलात्कारका घटना बढेका छन् । साउनयता मात्रै बाँकेका विभिन्न ठाउँमा ४ वटा बलात्कारका घटना सार्वजनिक भएका हुन् । बाँकेको कोहलपुरमा हजुरबुवाले आफ्नै नातीनी बलात्कार गरेको घटना सेलाउन नपाउँदै नेपालगन्जको गणेशपुरमा साईबाबा भनिने एक व्यक्तिले १५ वर्षीया बालिकालाई बलात्कार गरेको घटना पनि सार्वजनिक भएको छ ।

झारफुकका लागि साइबाबा भनिने व्यक्ति कहाँ जाने गरेकी बालिका पटक–पटक बलात्कृत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीले बालिका बलात्कारमा संलग्न साइबाबा भनिने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । झारफुक गर्ने क्रममा ती साईबाबाले वैशाखदेखि नै आफूमाथि बलात्कार गर्दै आएको र बाहिर कसैसँग भने जे पनि हुनसक्ने भन्दै धम्की दिएको बालिकाले प्रहरीलाई बताएकी थिइन ।