७ बैशाख २०८१, शुक्रबार
Follow Us

वेलायतमा सम्झिए बिपी (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७५, आईतवार १७:१५

लण्डन । जननायक बिपी कोइरालाको सम्झनामा नेपाली जनम्पर्क समिति वेलायतले एक कार्यक्रम सम्पन्न गरेको छ ।

१०५ औं बिपी जयन्तीको अवसरमा आइतवार लण्डनस्थित मायापबमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले विपी कोइरालाका बिभिन्न आयामका बारेमा प्रकाश पारे ।

समितिका सभापति युवराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै नेपाली कांग्रेस म्याग्दी जिल्ला सभापति प्रमुख अतिथि खमवीर जंग गर्बुजाले वेलायतको विकास देखी प्रभावित भएर म्याग्दी जिल्लाको विकासमा जुटेको वताए । उनले बिपी कोइरालाको सिद्धान्तलाई आफ्नो गाँउ सम्म लैजाने उदेश्यले विभिन्न कार्यक्रमतय गरिएको जानकारी दिए ।

उनले बिपी कोइरालाले अन्तरराष्ट्रीय फोरममा नेपाललाई चिनाउन उल्लेख्य मूमिका निर्वाह गरेको वताए । उनले अहिले नेपाली कांग्रेसको लडाई पार्टी भित्र नभए बामपन्थिहरुसंग भएको वताउँदै पार्टी भित्रको विवाद अन्तरिक भएको जनाए ।

त्यस्तै नेपाली जनसम्पर्क समिति यूकेका सल्लाहकार डा. सम्पूर्णानन्द ढुंगानाले चुनावको वेला अधिनायकबादको नारालाई जनता समक्ष बुझाउन नसक्दा नेपाली कांग्रेसले हार व्यहोर्नु परेको विचार व्यक्त गरे । उनले वर्तमान सरकार अधिनायकबादको मार्गमा अगाडी बढी रहेको तर्क गर्दै देशमा हिंसा बढ्दै गएको विचार व्यक्त गरे । उनले प्रधानमन्त्री केपी ओलीले देशमा भ्रमको खेती गरिहेको वताउदै रेल, र घरघरमा तेलको सपना देखाए भ्रम छरिरहेको वताए ।

कार्यक्रममा बोल्दै नेपाली जनसम्पर्क समितिका नेता विज्ञान प्रसाईले नेपाली कांग्रेसले बिपी कोइरालाको सिद्धान्तलाई सहिरुपमा अनुशरण नगर्दा देशमा कम्युनिष्टहरु बलियो हुँदै गएको विचार व्यक्त गरे । उनले बिपीले भन्ने गरेको प्रजातन्त्र देशमा नआएको तर्क गर्दै नेपाली कांग्रेस अझै संस्थागत हुन नसेको जिकिर गरे ।

त्यस्तै अर्का सल्लाहकार विश्व आदर्श पण्डितले बीपी कोइरालाले प्रतिपादन गरेको सिद्दान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बिचार ब्यक्त गरे । उनले नेपाली कांग्रेस राष्ट्रीयताको मुद्धामा खरोरुपमा उत्रिन नसकेको वताउँदै भारतले नाकाबन्दी गर्दा नेपाली कांग्रेस बोल्न नसक्नु गलत भएको बताए ।
उनले कांग्रेस गैर कांग्रेसहरुको झुण्डको रुपमा परिणत हुदै गएको प्रति चिन्ता गरे । उनले विदेशमा रहेका नेपाली कांग्रेसका कार्यकताहरुले पार्टीले गरेको गल्ती सच्याउने अभियान संचालन गर्नु पर्ने विचार व्यक्त गरे ।

प्रेस युनियन नेपालका केन्द्रीय उपाध्यक्ष रमेश ज्ञवालीले नेपाली कांग्रेस आवद्द सक्रिय कार्यकर्ताहरु विदेशमा रहँदा देशमा पार्टी कमजोर रहको बिचार ब्यक्त गरे ।

जनसम्पर्क समिति यूकेका नेता चेतनाथ खनालले नेपाली कांग्रेसले अनुशरण गर्दैआएको बीपीको प्रजातान्त्रिक समाजवाद २०७५ साल सम्म आइपुग्दा पार्टीले ब्यवहारमा लागु गर्न नसकिरहेको गुनासो गरे ।

नेपाली जनसम्पर्क समितिका उपसभापति कोपिला सुब्बाले स्वागत मन्तब्य दिएको कार्यक्रममा सहमहामन्त्री रोमियन लिम्बु, गोर्खा अगुवा सूर्य नेम्बाङ, एनआरएनए यूकेका महासचिब राजकुमार त्रिपाठी, उपमहासचिब बिनय अधिकारी, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, पत्रकार चिरन शर्मा, युबराज सिंह, डा. मीन रानाभाट, नेसा अध्यक्ष केस बहादुर गुरुङ, लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमको अवसरमा बेलायत भ्रमणमा रहेका पत्रकारद्वय रमेश पौडेल र रामकृष्ण ज्ञवालीलाई खदा लगाइदिई सम्मान गरियो ।
समितिका महामन्त्री केशब भण्डारीद्वारा सञ्चालित कार्यक्रमको संयोजन उपसभापति महेश कुमार दाहालले गरेका थिए ।