७ बैशाख २०८१, शुक्रबार
Follow Us

ग्रेटर रशमोर नेपाली कम्युनिटीको इन्फोर्मेशन डे २० सेप्टेम्बरमा

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७५, आईतवार २१:१२

लण्डन । अल्डरशट, ग्रेटर रशमोर नेपाली कम्युनिटीले बिगतका वर्ष जस्तै नेपालबाट आउने नव आगन्तुक भुपू गोर्खा र उनका सन्तान एवं पहिले नै आइसकेका जेष्ठ नागरिकहरुलाई समेत सुसुचित गरि यहाँको रहन सहन, उठबस, शिक्षा, स्वास्थ्य, नागरिक अधिकार र कर्तव्य, सेवा तथा सुबिधा आदि विषयमा सचेत गराउनको लागि आगामी २० सेप्टेम्बर २०१८ मा बिहान ठिक १०.०० बजे सुरु हुने गरी इन्फोर्मेशन डे कार्यक्रमको आयोजना गर्ने पूर्ण तयारी गरेको छ।

ग्रेटर रशमोर नेपाली कम्युनिटीद्वारा आयोजना हुन गैरहेको उक्त कार्यक्रमको लागि क्यान (CAN) इन्टर्नेशनल र रशमोर ब्रो काउन्सिलको एक पार्टनरको रुपमा सहयोग रहेको छ।

स्थानीय एम्पायर हाउस अल्डरशटमा हुने उक्त कार्यक्रमको लागि उपाध्यक्ष नेम थापालार्इ संयोजक तोकिएको कुरा प्रवक्ता प्रमिला राइले बताइन् भने अन्तिम तयारीको लागि रशमोर ब्रो काउन्सिल अफिसमा अध्यक्ष जीव बेलबासे, उपाध्यक्ष नेम थापा र रशमोर कम्युनिटी डेभलभ्मेण्ट मेनेजर जेमी बिटन समेतको ७ सेप्टेम्बर २०१८ मा बसेको बैठकले सबै कुरा टुंगो लगाएको कुरा संयोजक एवं उपाध्यक्ष नेम थापाले बताए।

कार्यक्रममा सिटिजन एड्भाइस ब्युरो, रशमोर ब्रो काउन्सिल, स्थानीय प्रहरी, फ्रेमिली पार्क हस्पिटल, रशमोर हेल्थी लिविंग, १० QOGLR, टकप्लस, हाउजिङ्ग, रशमोर फायर एण्ड रेस्क्यु सर्भिस, (CAN) इन्टर्नेशनल), जी आरएनसीलगायतले छोटकरीमा चाहिने जति जानकारी गराउनेछन् भने काउन्सिल लिडर डेभिड क्लिफोर्डले सम्पूर्ण कार्यक्रम अवलोकन गर्नेछन्।

जेष्ठ नागरिकहरुको दैनिकी एवं बेलायती जीवनमा जान्नै पर्ने बिषयलाइ बिशेष प्राथमिकतामा राखिएको उक्त कार्यक्रममा करिव ५०० जनाको सहभागिता रहने आशा गरिएको र फान्ब्रो, अल्डरशट मात्र नभई अन्य क्षेत्रबाट समेत सहभागिताको आव्हान गरिएको कुरा महासचिव मान गुरुङ्गले बताए।