१२ बैशाख २०८१, बुधबार
Follow Us

लन्डन दूतावासमा तीजको रहर आयो बरिलै…. (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७५, आईतवार २३:१६

लन्डन । हिन्दू नारीहरुको रमाइलो पर्व हरितालिका तीजको अवसर पारेर नेपाली दुतवासको आयोजनामा भब्य कार्यक्रम सम्पन्न भयो । नेपाली दुतावासले हरेक वर्ष तीजको अवसर परेर बेलायत स्थित नेपाली समुदायका महिला दिदि बहिनिहरुलाई बोलाएर दर खुवाउने चलन छ । बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुबेदीकी धर्मपत्नी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदीको सक्रियतामा शनिवार लन्डन दुताबासमा सम्पन्न सो कार्यक्रममा तीजको गीत” चिटिक्कै मलाई सुहायो” बोलको तीजको गीत तथा यसको म्यूजिक भीडीयो समेत विमोचन गरिएको थियो ।

गीतमा लोक तथा दोहोरी गायक बद्रि पंगेनी र गायिका कला पंगेनी स्वर अनि नरेन्द्र बस्नेतको लय अनि शब्द रहेको छ । गायिका कला पंगेनी तीजको कार्याक्रमको सिलशिलामा हाल लन्डनमा भएकोले उनकै उपस्थितिमा नेपाली दूतावास लन्डनमा राजदूत धर्मपत्नी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदी, प्रख्यात गायिका मीरा राणा र डा. रीता थापाले सो म्यूजिक भीडीयो संयुक्त रुपमा विमोचन गरे । कार्यक्रममा बेलायत स्थितनेपाली महिलाहरुको बाक्लो उपस्थिति थियो ।