१६ चैत्र २०८०, शुक्रबार
Follow Us

फुजेल घटनाका आरोपी छविलाल रिहा

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०७५, सोमबार ०५:४३

काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डमा जिल्ला अदालत, चितवनबाट सफाई पाएका छविलाल पौडेल कारागारबाट रिहा भएका छन् । चितवनका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासले हिजो १३ प्रतिवादीमध्ये १२ जनालाई सफाइ दिने फैसला गरेसँगै पौडेल आज बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

फुजेलका अधिकारीको हत्या आरोप खेपेका अधिकारीलाई गत असार २५ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेपछि जेल चलान गरिएको थियो । त्यसको करिब २ महिनापछि पौडेलसहित १२ ले सफाइ पाएका हुन् । मुद्दा खेपेका १२ मध्ये छविलाल जेल परे पनि अन्य भने पक्राउ परेका थिएनन् ।

डिल्लीबजार कारागारले चितवन जिल्ला अदालतले सफाइ दिएसँगै पौडेल सोमबार बिहान रिहा भएको जानकारी दिएको छ । रिहा भएका पौडेललाई स्वागत गर्न उनका समर्थक बाजागाजासहित डिल्लीबजार कार्यालय पुगेका थिए । समर्थकले पञ्चेबाजासहित ¥यालीसमेत निकालेका छन् ।

यसअघि नेकपाका अध्यक्ष प्रचण्डले उनको स्वागत गर्ने भनिए पनि उहाँ उपस्थित हुनु भएन । रिहाइपछि पौडेलले पीडित परिवारले नबुझेर आफूविरुद्ध उजुरी दिएको प्रतिक्रिया दिए । ‘उहाँहरुले तथ्य नबुझिकनै मविरुद्ध उजुरी दिनुभएको हो’, रिहाइपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले भने, ‘उहाँहरुलाई पछतो नहोस् ।’