१५ बैशाख २०८१, शनिबार
Follow Us

सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग खेल्दै

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०७५, सोमबार ०५:४९

ढाका । बंगलादेशमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै छ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ बजे सुरु हुनेछ ।

हिजो समूह चरणको अन्तिम खेलपछि गोलापर्थाबाट माल्दिभ्स समूह ’बि’ को उपविजेता बनेपछि नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग खेल्न लागेको हो ।

माल्दिभ्सलाई २–० ले हराएर भारत समूह ‘बि’ को विजेता बन्यो । तर, यो समूहमा रहेको माल्दिभ्स र श्रीलंकाको समान १–१ अंक भएपछि उपविजेता टोली टसबाट तय गरिएको थियो ।

यस्तै, अर्को सेमिफाइनलमा भारतले पाकिस्तानसंग खेल्नेछ । दोस्रो सेमिफाइनल आज बेलुका हुनेछ । भारत समूह ‘बि’ को विजेता बनेको थियो भने पाकिस्तान समूह ‘ए’ को उपविजेता बनेको थियो ।