१६ चैत्र २०८०, शुक्रबार
Follow Us

विपक्षी दलद्वारा भारत बन्दको आह्वान

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०७५, सोमबार १०:२८

नयाँदिल्ली । पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको विरोधमा विपक्षि दलहरुले आज भारत बन्द आव्हान गरेका छन् । भारतीय राष्ट्रिय कांग्रेसले गरेको बन्द आब्हानमा अन्य २१ विपक्षि दलहरुले पनि समर्थन गरेका छन् ।

विहान नौ बजेदेखि दिउसो तीन बजेसम्मका लागि बन्द आब्हान गरिएको हो । उडिसामा कंग्रेस कार्यकर्ताले सडकमा बसेर यातायात अबरुद्ध गरेका छन । त्यस्तै सम्भलपुर स्टेशनमा रेल सेवा पनि अवरुद्ध पारेका छन् । भारतका केही राज्यमा पेट्रोलको मुल्य ८० रुपैयाँ भारु पुगेको छ । यो अहिलेसम्मकै उच्च मुल्य भएको बताइएको छ ।

सन् २०१९ मा हुने लोकसभा चुनाव र त्योभन्दा पहिले ४ राज्यहरुमा हुने विधानसभा चुनावलाई लक्षित गरेर विपक्षी पार्टीहरु यो मुल्यबृद्धिको मुद्धालाई उठाउन खोजेका छन ।