१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चिकित्सक संघको आन्दोलन स्थगित

नेपालब्रिटेन संवाददाता
२६ भाद्र २०७५, मंगलवार ०७:२४

काठमाडौं । मुलुकी अपराध संहिताको विरोधमा नेपाल चिकित्सक संघले आजवाट घोषणा गरेको आन्दोलन स्थगित गरेको छ । सरकारले चिकित्सकहरुको माग अनुसार संहिता संसोधन प्रक्रिया अघि बढाएकाले आन्दोलन स्थगित गरिएको संघले जनाएको छ ।

संघद्वारा जारी विज्ञप्तीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले संघको माग अनुसार संशोधन प्रक्रिया अघि बढाएकाले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको उल्लेख छ । ऐन संसोधन नहुँदासम्म दवावमुलक कार्यक्रम भने यथावत राखिने संघले जनाएको छ ।

सरकारसँग भदौ १८ गते भएको तीन बुँदे सहमति अनुसार ऐन संसोधन प्रक्रिया अघि बढाएको हो । सरकार र चिकित्सकविच मुलुकी अपराध संहिता दुई हजार ७४ को परिच्छेद १९ इलाज सम्बन्धी कसूर लगायतका विषय संसोधन गर्ने सहमति भएको थियो ।