६ बैशाख २०८१, बिहीबार
Follow Us

निर्मला हत्याकाण्ड छानविन समितिका सदस्य केसी पुन: काममा फर्के

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०७५, बुधबार ०९:५५

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तलाई न्याय दिन सक्ने अवस्था नभएको भन्दै छानबिन समितिबाट राजीनामा दिएका उपसचिव वीरेन्द्र केसी छानबिन समितिमा पुनः फिर्ता भएका छन् । गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमुकमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको छलफलपछि उनी फिर्ता भएका हुन् ।

निर्मला पन्त हत्याको घटना छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा केसी प्रदेश ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको तर्फबाट सदस्य थिए । केसीले छानबिन समितिमा रहेका बेला आफूले इमान्दारीपूर्वक काम गरेको भन्दै समितिको म्याद थपको विषयमा असहमति राख्दै जिम्मेवारीबाट अलग हुने प्रारम्भिक निर्णय गरेको बुधबार विज्ञप्तिमार्फत जनाएका छन् ।

‘राष्ट्र सेवकको रूपमा मलाई प्राप्त अवसरमा पुन: संलग्न रही निष्पक्ष रूपमा छानबिन गरी योगदान गर्न सके निर्मला पन्तप्रति न्याय हुने ठहर गरेको छु,’ उनले भने, ‘ सरकारले सुम्पिएको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नु प्रत्येक राष्ट्रसेवकको अनिवार्य कर्तव्य भएको बोध गरी स्वेच्छापूर्वक आजदेखि समितिमा यथावत रही छानबिन कार्यमा संलग्न रहनेछु ।’