१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनमा बरिष्ठ उपाध्यक्ष थपियो, विधान संसोधन निर्वाचनमा मात्र केन्द्रीत

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७५, बुधबार ११:३२

लण्डन। गैरआवासीय नेपाली संघले विद्यान संसोधनको तयारी गरेको छ । संघको १२ अक्टोवर २०१८ मा काठमाडौमा हुने गैरआवासीय नेपाली संघको विधानसभामा पेश हुने ‘विधान संशोधन प्रस्ताव तयार भएको विद्यान समितिका संयोजक डा. हेमराज शर्माले जनाए । सो प्रस्ताव संघको केन्द्रिय निकाय अन्तर्राष्ट्रिय समन्वय परिषदमा पेश गरिएको छ । नयां प्रस्तावित प्रावधान अनुरुप संघका अब एक बरिष्ठउपाध्यक्ष सहित थप ५ जना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।

विधान संशोधन प्रस्ताव केन्द्रीय महासचिव डा. बद्री केसीले एनसिसि र आईसिसिमा सकुर्लर गरेको संघले जनाएको छ । संघद्धारा प्रस्तावित संशोधन प्रस्तावमा एनसिसि तहमा छलफल भई सुझाब पेश गर्न भनिएको विद्यान संसोधन समितिले जनाएको छ । संयोजक डा. शर्माद्धारा सार्वजानिक गरिएको संसोधन प्रस्ताव पूर्णरुपमा नयाँ पद सृजना गर्न केन्द्रीत रहेकोले संघको विद्यान संसोधन समेत निर्वाचन केन्द्रीत देखिएको छ ।

डा. शर्माद्धारा बुधवार सार्वजानिक गरिएको संसोधन प्रस्ताव

• संघमा ५ विभाग हुने (वैदेशिक रोजगार, व्यपार तथा लगानी, मानवकल्याण, ज्ञान सिप र नवप्रवर्तन, सांगठनिक – प्रशासनिक)। ५ विभागको नेतृत्व ५ जना उपाध्यक्षले गर्ने। आईसिसि सदस्यहरु विभागमा सदस्य रहने। समिति, उपसमिति यिनै बिभाग अन्तर्गत काम गर्नु पर्ने। उपाध्यक्षको उम्मेदवार बन्न सम्बन्धी क्षेत्रमा कम्तिमा २ बर्ष काम गरेको योग्यता चाहिने। वैदेशिक रोजगार सम्वन्धी उपाध्यक्ष मध्यपुर्व, मलेसिया जस्ता देशहरुबाट चुनिने व्यवस्था गर्ने। प्रत्येक विभागलाई हेर्ने सचिवालयमा एक कर्मचारीको व्यवस्था गर्ने। (यो प्रस्ताव भिजन-२०२० को अवधारणा अनुसार रहेको छ)।

• अध्यक्षलाई सहयोग गर्न वरिष्ट उपाध्यक्षको व्यवस्था गर्ने तर वरिष्ट उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने व्यवस्था नगर्ने।

• अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधी भई निर्वाचनमा भाग लिन कम्तिमा २ वर्ष पञ्जीकृत सदस्य भएको हुनु पर्ने। प्रतिनिधीहरुको सँख्याको ५०% आईसिसि र एनसिसिमा काम गरेका व्यक्तीहरुलाई सुनिश्चित गर्नु पर्ने। बाँकि ५०% पञ्जीकृत सदस्यहरुबाट छानिने।

• थोरै सँख्यामा पञ्जिकृत सदस्य हुने एनसिसिहरुको समानुपातीत प्रतिनिधित्व सुनिश्चित हुने गरी अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधीको सँख्या घटाईएको। प्रतिनिधीहरुको नामावाली अनिवार्यरुपमा एक महिना पहिले सचिवालयमा पठाउनु पर्ने। प्रतिनिधी छनोट र तथ्याङ्कको व्यवस्थापन निर्वाचन समितिले गर्ने, सचिवालयका कर्मचारी र संभावित उम्मेदवारहरु संलग्न हुन नपाउने।

• एनसिसिहरुको अधिवेशन अन्तर्राष्ट्रिय महाधिवेशन भन्दा बढीमा ३ महिना र कम्तिमा ४५ दिन पहिले सम्मप्न गर्नु पर्ने। आईसिसिको निर्वाचन समितिले एनसिसिको निर्वाचनको सुपरिवेक्षण गर्ने।