८ बैशाख २०८१, शनिबार
Follow Us

रु पाँच हजारसहित प्रहरी नायब निरीक्षक पक्राउ

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०७५, बुधबार १६:०३

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा प्रहरी नायब निरीक्षक रामबाबु यादवलाई पक्राउ गरेको छ । उहाँलाई रु पाँच हजार घुस रकमसहित टोलीले रङ्गेहात पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रामगोपालपुरका इञ्चार्ज प्रहरी नायब निरीक्षक यादवले भारतबाट नेपालतर्फ समान ल्याउनेक्रममा सहयोग गरिदिने भन्दै एक जना सेवाग्राहीबाट उक्त रकम लिँदै गर्दा पक्राउ परेको जनाएको छ । पक्राउ परेको यादवलाई आयोगको बर्दिवासस्थित कार्यालयमा ल्याएर थप अनुसन्धान गरिरहेको पनि जनाएको छ ।