६ चैत्र २०८०, मंगलवार
Follow Us

लन्डनमा ‘गजल साँझ’ भब्य (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७५, बुधबार १९:४९

लण्डन । एनआरएन युकेको आयोजनामा लन्डनमा ‘लण्डन गजल साँझ’ संपन्न भयो । लण्डनको साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा आयोजित ‘लण्डन गजल साँझ २०१८’ का सहभागीले कार्यक्रमलाई निकै मन पराए । कार्यक्रमका सभापति तथा संयोजक कृष्ण भट्टले कार्यक्रमको औचित्य र महत्वबारे बोले । कार्यक्रमको सुरुमा कार्यक्रमका प्रमुख अतिथि राजदूत डा. दुर्गाबहादुर सुवेदी, विशेष अतिथिद्धय एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य र एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, कार्यक्रमका सभापति तथा संयोजक कृष्ण भट्ट लगायतले मोतिराम भट्टको तस्विरमा माल्यापर्ण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

मोती जयन्तीको अवसरमा एनआरएन यूकेको भाषा साहित्य विभागले आयोजना गरेको उक्त कार्यक्रमको मुख्य आकर्षण थिए अहिलेका चर्चित नेपाली गजल गायक राज सिग्देल । उनले दुई चरणमा गरी झण्डै एक दर्जन गजलहरु गाएर उपस्थित श्रोताहरुलाई सांच्चीकै मन्त्रमुग्ध बनाए ।
त्यस अवसरमा बेलायतमै बस्दै आएकी गायिका शर्मिला बर्देवा र गायक प्रमोदराज न्यौपानेले पनि केहि गजलहरु प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाए ।

कार्यक्रमका लागि नेपालबाट आएका प्रसिद्ध गजलकार रवि प्राञ्जलको प्रस्तुति कार्यक्रमको अर्को आकर्षक पक्ष थियो । कार्यक्रममा बेलायतबासी सर्जकहरु सञ्जिता देउजा, शशी थापा सुब्बा, नृपेश उप्रेती, सुमलकुमार गुरुङ , डा रुपक श्रेष्ठ, दुर्गाप्रसाद पोखरेल र रेखा खरेलले प्रस्तुत गरेका गजलहरु पनि श्रोताहरुले उत्तिकै मन पराएका थिए । कार्यक्रमको सञ्चालन एनआरएन यूके भाषा साहित्य विभाग संयोजक नारायण गाउंलेले गरेका थिए । यो कार्यक्रमको संयोजन कृष्ण भट्ट, नारायण गाउंले, नृपेश उप्रेती, कृष्ण तिवारी र लक्ष्मी राई (लारा) सहित ५ जनाको समुहले गरेको हो ।