८ बैशाख २०८१, शनिबार
Follow Us

मिडल्याण्डमा नेपाली समुदाय बीच क्रिकेटमा भिडन्त

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७५, बुधबार १९:५३

लण्डन । बेलायतको मिडल्याण्डस्थित लेस्टर तथा नोटिङहम क्षेत्रमा बस्ने नेपालीहरुबीच एक मैत्रीपुर्ण क्रिकेट प्रतियोगिता हालै सम्पन्न भएको छ । ७ सातासम्म चलेको ७ म्याचको टि ट्वान्टी सिरिज ५ खेल जित्दै लेस्टरले जितेको छ ।

प्रतियोगिताको पहिलो चरणमा ३ खेल नटिङहम तथा ३ खेल लेस्टरमा सञ्चालन भएका थिए भने फाइनल खेल सेप्टेम्बर ४ तारिखका दिन लेस्टरमै आयोजना भएको थियो । दुवै टिममा स्थानीय युवा, विद्यार्थी तथा व्यवसायीहरुको सहभागिता थियो ।

फाइनल खेलमा पहिलो ब्याटिङ गरेको नोटिङहम निर्धारित २० ओभरमा ८० रनको झिनो योगफलमै समेटिएको थियो । जवाफी ब्याटिङ गर्दै लेस्टरले १२ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको थियो ।

फाइनल हेर्न लेस्टर र नोटिङहम दुवै क्षेत्रका दर्शकहरु समेत उपस्थित थिए । लेस्टरस्थित श्रृजनशिल लेस्टर नेपाल र नोटिङहम नेपाली समाजले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका थिए ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई कार्यक्रमका अतिथी नेपालबाट आएका भूपू शिक्षक सुर्यमुर्ति खरेलले पुरस्कार वितरण गरेका थिए ।

त्यस अवसरमा श्रृजनशील लेस्टर नेपालका अध्यक्ष बलराम चापागाई,महासचिव पुण्डरी अर्याल, नोटिङहम नेपाली समाजका अध्यक्ष गोविन्द खरेल, एनआरएन यूके सचिव तारानाथ भण्डारी, रणबहादुर केसी, प्रवीण खरेल , दयानिधि सापकोटा, पशुपति पोख्रेल, प्रेम आले मगर , नारायण फुयाँल , बरूण भण्डारी लगायत स्थानीय समुदायका अगुवाहरुको उपस्थिति थियो ।