१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन युकेले १० हजार सदस्यता बनाउने

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७५, बुधबार २२:१३

लण्डन । गैरआवसीय नेपाली संघ युकेले पंजीकृत सदस्यता वितरणलाई तिब्र पार्ने भएको छ । गैरआवसीय नेपाली संघ (एनआरएनए) युकेले बुधवार अल्डरसटमा एक पत्रकार सम्मेलन गर्दै आगामी एक वर्षमा संघको १० हजार सदस्य बनाउने योजना अघि सरेको हो ।

गैरआवसीय नेपाली संघ युकेको सदस्यता वितरण समितिका संयोजक सदस्य तथा उपाध्यक्ष शेर सुनारले बेलायतको विभिन्न क्षेत्रमा गएर सदस्यता बितरण गर्ने पत्रकार सम्मेलनमा योजना सुनाए । उनले सदस्यता बितरण प्रक्रियालाई अझ सहज बनाइने जानकारी दिए ।

पत्रकार सम्मेलनमा गैरआवसीय नेपाली संघ युकेको अध्यक्ष योग कुमार फगामीले सदस्यता २५ बाट १० पौण्डमा झारीएको जानकारी दिए । उनले आगामी दिनमा सबै सदस्यहरुलाई परिचयपत्रको व्यवस्था गरिने बताए ।


उनले संघको आगामी निर्वाचनमा ४ वटा क्षेत्रमा सिमित नभएर मतदान केन्द्र थप हुने बताए । उनले एनआरएन नागरिकता निरन्तरताको मुद्दामा सहयोग गर्ने उदेस्यले एनआरएन युकेको एक प्रतिनिधि मण्डल आगामी हप्ता नेपाल जान लागेको जानकारी दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका पुर्व अध्यक्षद्वय डमर घले, मुक्षेत्र गुरुङ, ग्रेटर रसमोर नेपाली समाजको अध्यक्ष जीव बेल्वासे, महासचिब राजकुमार त्रिपाठी, फोजिनको केन्द्रिय अध्यक्ष दण्ड गुरुङ, एसियन महिला एसोसिएसन युकेको अध्यक्ष अमिता बेल्वासे, तर्क गुरुङ, प्रबेश केसी, हितकाजि गुरुङ, सपन कुमार राई, बोहत गुरुङ, सहारा युके अध्यक्ष मीन गुरुङ, मेजर कृष्ण गुरुङ, र्थक सेन, जुम काजी गुरुङ, खुसि लिम्बु , आदिको उपस्थिति थियो । पत्रकार सम्मेलनमा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले सदस्यता सम्बन्धि बिषयमा सुझाव तथा विचार राखे ।