१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एप्पलको नयाँ भर्सनका तीन आइफोन सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०७५, बिहीबार ०५:३७

काठमाडौँ : एप्पलले नयाँ संस्करणको आइफोनका तीन नयाँ भर्सन सार्वजनिक गरेको छ । एक्स सिरिजका तीन नयाँ आइफोन एप्पलले बुधबार विशेष कार्यक्रम गरेर सार्वजनिक गरेको हो । क्यालिफोर्नियामा भएको वार्षिक कार्याक्रममा एप्पलका प्रमुख कार्यकारी टिम कुकले एक्स सिरिजका तीन आइफोन ‘आफोन एक्सएस’, ‘आइफोन एक्सएस म्याक्स’ र ‘आइफोन एक्सआर’ सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएका दुई आइफोनको स्क्रिन ठूलो छ भने एउटाको यसअघिको जस्तै केही सानो छ । यस्तै दुई फोनको मूल्य केही बढी छ भने एउटा फोनको मूल्य तुलनात्मक रुपमा केही कम रहेको छ । यस्तै एप्पलले फल–डिटेक्सन सहितको नयाँ स्मार्टवाच पनि सार्वजनिक गरेको छ ।

एप्पल कुल पुँजी एक ट्रिलियन अमेरिकी डलर पुग्ने पहिलो अमेरिकी कम्पनी हो । स्मार्टफोनको बजारमा पहिलो नम्बरमा सामसुङ, दोस्रोमा हुवाई र तेस्रोमा एप्पल रहेका छन् । एप्पलले सन् दुई हजार १२ देखि हरेक सेप्टेम्बरमा नयाँ आइफोन सार्वजनिक गर्ने गरेको छ ।