१५ बैशाख २०८१, शनिबार
Follow Us

नेकपाको आज प्रदेश कमिटी बन्ने

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०७५, बिहीबार ०५:४६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकमा प्रदेश र जिल्ला कमिटी गठनको नयाँ मापदण्ड पेश भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा महासचिव विष्णु पौडेलले वरिष्ठता र योग्यतालाई आधार बनाइने लगायतका मापदण्ड पेश गर्नु भएको हो । मापदण्ड अध्ययनका लागि सचिवालय सदस्यहरुलाई दिइएको छ र आजको बैठकले अन्तिम रुप दिनेछ ।

आज बस्ने बैठकले मापदण्डलाई अन्तिम रुप दिनुका साथै प्रदेश कमिटी गठन गर्ने एक नेताले जानकारी दिनु भयो । नेताहरुका अनुसार प्रदेश अध्यक्ष र सचिव तथा इन्चार्ज र सहइन्चार्ज तोक्नुअघि तत्कालीन एमाले र माओवादीले कुनकुन प्रदेशमा कुन पद लिने भन्ने टुंगो लगाइनेछ । ‘अहिले कार्यदलले जसरी सिफारिस गरेको छु, त्यो स्वीकार गर्ने अवस्था छैन’ एक नेताले भने, ‘मापदण्ड तोक्छौं र त्यसअनुसार भए नभएको हेर्छौं ।’