८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली कांग्रेसद्वारा संसद अवरुद्ध

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०७५, बिहीबार ०८:२५

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा ढिलाई भएको भन्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले निर्मलाको घटनामा शक्तिशाली व्यक्तिको संलग्नता रहेको भन्दै उनीहरूलाई सरकारले सार्वजनिक गर्नुपर्ने बताए । पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धनमा सरकारले काम गर्न नसकेको आरोप नेता बडुको छ ।

यसैगरी कांग्रेसले तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको हत्या र खोजतलासका सम्पादक राजु बस्नेतको पक्राउको पनि विरोध गरेको छ । कांग्रेसले संसद अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले निर्मला हत्याकाण्ड बारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । कांग्रेसले सदन अबरुद्ध गरेपछि सभामुखले घटना तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन ।

सभामुखले सरकारलाई ध्यानाकर्षण गराएपछि प्रतिपक्षी दल कांग्रेसका सांसदहरु उभिएर विरोध जनाईरहेपछि संसद बैठक केही समयका लागि स्थगित गरिएको छ ।