११ बैशाख २०८१, मंगलवार
Follow Us

सर्वोच्च फर्किएका दीपकराज जोशीले इजलास पाए

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०७५, बिहीबार ०८:२९

काठमाडौ । सर्वोच्च अदालतले न्यायाधीश दीपकराज जोशीका लागि पेसी तोकेको छ । एक महिनाभन्दा लामो विदापछि मंगलबारवाट अदालतमा हाजिर भएका जोशीका लागि दुई दिनपछि पेशी तोकिएको हो । प्रधानन्यायाधीस ओमप्रकाश मिश्रले जोशीलाई दुई सार्वजनिक हितका निवेदन र उच्च अदालत डोटीको आदेश विरुद्ध उत्प्रेषण माग सम्वन्धी रिटका लागि पेशी तोकेका हुन् ।

जोशी बिहीबारको फुल बेन्च बैठकमा पनि सहभागी भएका छन् । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीस हुन योग्य नभएको ठहर गरेपछि जोशी विदामा बसेका थिए । ३९ दिनपछि सर्बोच्च अदालतमा हाजिर भएपनि मंगलबार र बुधबार जोशीको पेशी तोकिएको थिएन ।

प्रधानन्यायाधीसका लागि अयोग्य घोषणा भएपछि जोशीलाई राजिनामा दिन दवाव परेको छ । तर उनी प्रधानन्यायाधीश मिश्रपछिको बरियतामा आफू रहेको संकेत गर्दै अदालतमा हाजिर भैरहेका छन् ।