१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जबर्जस्ती गर्न खोजेपछि बालिकाले हानेको रडबाट एकको मृत्यु

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०७५, बिहीबार १६:१८

रामेछाप । तेह्र वर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको छ । आफूलाई जबर्जस्ती गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया किशोरीले हानेको रडले लागेर रामेछाप नगरपालिका–७, मुढाजोर रजगाउँका ६५ वर्षीय पूर्णबहाद्र श्रेष्ठको ज्यान गएको हो ।

बिहीबार बिहान करीब ८ बजेको समयमा ती किशोरी घरबाट केही टाढा रहेको बारीमा घाँस काट्न हिँडेकी थिईन् । सो क्रममा श्रेष्ठले जबर्जस्ती गर्न खोजेको र आफू फुत्किएर घर पुगी फलामको रड लिएर श्रेष्ठको घरमै गई प्रहार गरेको किशोरीले प्रहरीसमक्ष बताएकी छिन् ।

घटनामा प्रयोग भएको रडसहित किशोरीले करीब १० बजे प्रहरी चौकी रामेछापमा हत्याको बारेमा जानकारी गराई आत्मसमर्पणसमेत गरेको पनि प्रहरीले जनाएको छ ।