८ बैशाख २०८१, शनिबार
Follow Us

बेक्सली समाजमा तीजको छुट्टै रनौक

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७५, बिहीबार २०:४१

लण्डन-नेपाली महिलाहरु महान चाड तीजको उपलक्ष्यमा बेक्सली समाज लण्डनले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि इष्ट वीक्याम वार्डका काउन्सिलर क्रिष्टिना क्याटारेल, समाजका संस्थापक अध्यक्ष केश बहादुर गुरुङ, अध्यक्ष विजय गुरुङ, कार्यक्रम सम्योजक उमा गुरुड; ले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै काउन्सिलर क्याटारेलले नेपाली समाज मार्फ आँफुले नेपाल र नेपालीको परम्परा र धर्म संस्कृतिबारे धेरै कुरा बुझ्ने अवसर पाएको र अझ धेरै कुराहरु सिक्न आँफु उत्सुक भएको बताइन । समाजका अध्यक्ष विजय गुरुङले बेक्सली समाज सबै नेपालीको साझा फुलबारी भएकोले सो फुलबारीमा सधैं भवरा डुलेको हेर्न चाहेको बताउनुभयो साथै नेपाली नेपाली वीच भातृत्व एकता र सहसम्बन्धका माध्यमबाट एकता अटुट रहीरहने विश्वाश व्यक्त गर्नु भयो ।

आयोजकको तर्फबाट मायाँ गुरुङले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाली कला संस्कृतिको जर्गेना गरी नेपाली संस्कतिलाई देश विदेश सम्म चिनाउन सकिने विचार व्यक्त गर्दै सबै नेपाली चेलीबेटीलाई माइतीघर बिर्सेर कार्यक्रममा रम्न र रमाउन आग्रह गर्नुभएको थियो ।

दुइ चरणमा सम्पन्न भएको कार्यक्रमको संयोजकत्व समाजका उपाध्यक्ष उमा गुरुङले गर्नुभएको थियो भने समाजका अन्य सदस्यहरु विन्दु गुरुङ, विमला शर्मा धरेल, शुष्मा ढुगांना, विजिता गौतम, विजिता भण्डारी, टंक गुरुङ, आनन्द धरेल, कमल गुरुङ, डिजे किरण सुब्बा लगायतले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । समाजका महासचिव हरिश ज्ञावालीले कार्यक्रमको संचालन तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

दोस्रो चरणको कार्यक्रममा नेपालबाट अतिथीको रुपमा आएका कलाकार रमेशराज भट्टर्राईले आधा दर्जन भन्दा बढी कालजयी गीतहरु प्रस्तुत गरेपछि प्रमुख अतिथी क्याटारेल सहितका अतिथिहरु मंचमै पुगेर नाचेका थिए । कार्यक्रममा समाजका सदस्य तथा स्थानीय नेपाली कलाकारहरु कृतिका भट्टर्राई, प्राप्ती ढुगांना, हेविना सेढांइ लगायतले आर्कषक नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई थप आर्कषक बनाउन चिठ्ठा र उपहार कार्यक्रमको समेत व्यवस्था गरिएको थियो भने उपस्थित सम्पूर्ण दिदीबहिनीहरुलाई समाजको तर्फाट मायाको चिनो प्रदान गरिएको थियो । नेपाल तथा अन्य देशमा रहेका नेपालीहरुले समेत हेर्न सकुन भन्ने उदेश्यले कार्यक्रमको फेसबुक मार्फ लाइभ गरिएको थियो ।

सो को लागी प्रशंशा- इ मिडियाका गुणदेव घिमिरे र होमनाथ ज्ञावालीले सहजीकरण गरेका थिए । कार्यक्रमलाई चुस्त बनाउनको लागी समाजका सचिव केदार थपलियाले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।