१४ बैशाख २०८१, शुक्रबार
Follow Us

यी हुन् ५० हजार कमिसनमा बलात्कारका दोषीलाई उन्मुक्ति गराउने सांसद

नेपालब्रिटेन संवाददाता
२९ भाद्र २०७५, शुक्रबार ०७:०२

काठमाडौं । बलात्कार जस्तो जघन्य अपराधलाई मिलापत्रको नाममा ढाकछोप गर्नु पनि अपराध हो । तर यो अपराधमा समाजका गन्यमान्य व्यक्तिहरुको मिलोमतो रहने गरेको देखिएको छ । रौतहटमा भएको एक बलात्कार घटनालाई ढाकछोप गर्नमा प्रदेश सांसद नै खुलेरै लागेको आरोप छ ।

रौतहटको गढीमाई नगरपालिका ३ की १२ वर्षिया एक बालिका बलात्कारको शिकार भइन् । बालिकाका आफन्तले गाँउकै ५५ वर्षिय सहमद अन्सारीले बलात्कार गरेको आरोप लगाउदै आएका छन । तर, बलात्कारको यो घटनालाई अहिले ढाकछोप गर्ने प्रयास भइरहेको छ । बलात्कारीलाई जोगाउन रौतहट क्षेत्र नम्वर ४ ख बाट निर्वाचित प्रदेशसभा सांसद अव्दुल कलाम आजाद (फुलवावु) लागि परेको आफन्तको भनाई छ ।

घटना भएको चार दिन सम्म पनि पिडित पक्षलाई प्रहरी कार्यालयमा आउन दिइएन । प्रदेश सांसद अव्दुल कलामले पीडित, पिडक पक्ष र स्थानिय जनप्रतिनिधिलाई आफनै घरमा बोलाएर मिलापत्र गराउने पहल गरे । यद्यपी आफुले घटनालाई ढाकछोप नगरेको प्रदेश सांसदको भनाई छ ।

चारदिनको छलफलपछि प्रदेश सांसद र जनप्रतिनिधिहरुले बलात्कारी सहमद अन्सारीलाई १ लाख ७० हजार जरिवाना गर्ने निर्णय गर्‍यो । जरिवानको रकम मध्ये पीडित परिवारलाई १ लाख २० हजार र बाँकी ५० हजार छलफलमा सहभागी जनप्रतिनिधिलाई बाडने निर्णय समेत गरियो ।

प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिको निर्णयले असन्तुष्ट बालिकाका आफन्त न्यायको माग गर्दै अहिले प्रहरी कार्यालय मलाहीटोलमा किटानी जाहेरी दिएकी छन । भदौ २० गते घरमा कोही नभएको मौका छोपि अन्सारीले १२ बर्षिया छोरीलाई बलात्कार गरेको पिडितकी आमाको आरोप छ ।