१६ चैत्र २०८०, शुक्रबार
Follow Us

युगाण्डामा तीज कार्यक्रम सम्पन्न

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७५, शुक्रबार ०७:५२

राष्ट्रिय समन्वय परिषद् युगान्डाका अनुसार करिब ४५ जना नेपलीहरु ले युगान्डा को राजधानी कम्पालाको गार्डेन सिटी नवाब रेस्तुरेन्टमा जम्मा भई धुमधामसंग नेपाली पर्ब तीज मनाएका छन् ।

उक्त कार्यक्रमा राष्ट्रिय समन्वय परिषद् युगान्डाका अध्यक्ष राजमणि भण्डारीका साथ उहाँका परिवारजन, पुर्व अध्यक्ष रमेश कंडेल र आइसिसि सदस्य जीवनाथ पंगेनीका साथै पदाधिकारीहरु र सदस्यहरुका साथै उहाँहरुको परिवारको उपस्थिति रहेको थियो ।

कार्यक्रम राष्ट्रीय गान बाट सुरु भएको थियो । त्यस पश्चात सबै जना मिलेर नाचगान गरिएको थियो ।