१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नागरिकता खोज्दै एनआरएन युकेको प्रतिनिधिमण्डल नेपाल तिर

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७५, शुक्रबार २०:१२

लण्डन। संसदमा दर्ता भएको गैरआवासीय नेपाली नागरिकता सम्बन्धि विधेयक बारे छलफल गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको एक टोली नेपाल जाने भएको छ । महासचिव राजकुमार त्रिपाठीका अनुसार प्रतिनिधिमण्डल भोलि (शनिबार) नेपाल जान लागेको हो ।

प्रतिनिधिमण्डलले सभामुख, उपसभामुख, सांसद गगन थापा, विभिन्न राजनीतिक पार्टीका नेता, सरकारी अधिकारी, लगायतसंग भेट गर्ने तयारी गरेको छ ।

प्रतिनिधिमण्डलमा गैर आवासीय नेपाली संघ युके अध्यक्ष योगकुमार फगामी, एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके पूर्वअध्यक्षहरु योगेन क्षेत्री, महेन्द्र कँडेल, डमर घले,महासचिव राजकुमार त्रिपाठी, सहित अधिवक्ता गोबिन्द बेल्वासे, आर्इसीसी सदस्य जयप्रकाश गुरुङ रहने छन् ।