१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तपस्वी रामबहादुर बम्जनद्वारा आनी बलत्कृत

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७५, शनिबार १५:१६

काठमाडौं । तपस्वी रामबहादुर बम्जनले एक युवतीलाई पटक–पटक बलात्कार गरेको खुलेको छ । बम्जन एक समय बाराको हलखोरिया जंगलमा ‘लिटिल बुद्ध’ को नाममा निकै चर्चा थियो ।

जंगलमा तपस्या बसेका बम्जनमाथि आनी बन्न गएकी युवतीलाई बलात्कार गरेको आरोप लागेको हो। २ वर्ष अगाडि युवतीमाथि बम्जनले धेरै पटक बलात्कार गरेको खवर बाहिरिएको छ । शनिबार राजधानिमा भएको एक पत्रकार सम्मेलनमा युवतीले आफू बम्जनबाट बलत्कृत भएकी बताइन्। प्रहरीलाई उजुरी गर्न जाँदा बम्जनकी श्रीमतीले धर्मप्रति प्रहार हुन्छ भन्दै धम्काएको कारण उनी नगएकी जनाइन्।

युवतीका अनुसार न्याय नपाउने अवस्था भएपछि आत्महत्याको प्रयास समेत गरेको र अरुले बचाएका थिए ।