७ बैशाख २०८१, शुक्रबार
Follow Us

गृहमन्त्रीको क्षमता र सोचमै बादल लागेको रहेछ : सांसद गगन थापा

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०७५, शनिबार १५:२१

काठमाडौं । विपक्षी दलका सांसदहरुले आपराधिक घटनामा संलग्नहरुलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको शनिबार बसेको बैठकको शून्य समयमा बोल्ने विपक्षी दलका अधिकांश सांसदहरुले अपराधीहरुलाई जोगाएको भन्दै सरकारको कडा आलोचना गरेका छन् ।

नेपाली कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री रामबहादुर थापाको सोच र क्षमतामा नै बादल लागेको टिप्पणी गरे । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको ‘बलात्कारपछि हत्याको घटनामा संलग्न अपराधीलाई पक्राउ गर्नुको साटो आफ्नै संयन्त्रहरू जोगाउन लागिरहँदा ग्लानी बोध नहुने गृहमन्त्रीको बादलको क्षमता र सोचमै बादल लागेको’ उनको आरोप थियो । ‘गृहमन्त्रीको क्षमतामामात्र होइन रहेछ बादल लागेको, बादल त गृहमन्त्रीजीको सोचमै लागेको रहेछ’–उनले भने ।