८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा मनमाया वेपत्ता

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७३, बिहीबार १०:२२

लन्डन । रिक्म्यान्सओर्थ क्षेत्रबाट एक नेपाली महिला बेतत्ता भएको प्रहरीले जनाएको छ । हराइरहेकी नेपाली महिलाबारे जानकारी दिएर सहयोग गर्ने थ्रीरिर्भस प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ । रीता भनेर चिनिने मनमाया श्रेष्ठ गत सोमबार अर्थात् सेप्टेम्बर ५ मा अन्तिम पटक रिक्म्यान्सओर्थमा उनको घरमा देखिएकी थिइन् । त्यसपछि उनी हराइरहेको प्रहरीले जनाएको छ । पाँच फिट अग्ली मनमाया ४६ वर्षकी हुन् । एक्कासी गायब बनेकी मनमायालाई परिवार र प्रहरीले खोजी गरिरहेको छ । मनमायाको खोजीमा जुटेका सर्जेन्ट ग्रायमी इडवार्ड भन्छन्, ‘मैले मनमायालाई चिन्नेजति सबैसँग सोधखोज गरिसके । कसैले देखे वा भेटे तुरुन्त सम्पर्क गर्न भनेको छु । मनमायालाई जसले देखे वा भेटे १०१ नम्बरमा फोन गर्न प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ ।

missing-manamaya-shrestha-_s