७ बैशाख २०८१, शुक्रबार
Follow Us

यस्तो स्टाटस लेखेर काली खोलामा हाम फालिन् युवति

sarusaru
३१ भाद्र २०७५, आईतवार १२:१२

म्याग्दी जिल्लाको बेनी बजारमा रहेको न्यु वेस्ट प्वइन्ट कोे कक्षा ११ मा अध्ययनरत बेनी नगरपालिका वडा नं. ५ चिप्लेटीकी सोनी खत्री काली खोलामा हाम फालेकी छिन् । १ घण्टा अगाडि फेसबुकमा निराशावादी स्टाटस लेखेर फोनमा कुरा गर्दै गएर कालीखोलाको किनारमा गएर एक्कासी हाम फालेको प्रत्यक्षदर्शी बताउँछन् ।
फेसबुकमा ‘म मरेको खबर सुन्न धेरै आतुर भएको होला तिमीहरु सबलाई है ? आज म तिमीहरु सबैको सपना पूरा गरिदिँदै छु ।कङ्ग्राचुलेसन्स् जो म खुसी भएको हेर्न नसक्नेहरुलाई ।आज तिमीहरु खुसीले रमाउनू पाटी दिनू ,तिमीहरु सबै जित्यौ , म हारेँ आज गुड बाइर्’ भन्ने स्टाटस लेखेर उनी फोनमा बोल्दै कालीखोलातिर गएको प्रत्यक्षदर्शी हरु बताउँछन् ।