१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अस्ट्रेलियामा बिज्ञ सम्मेलन सम्पन्न

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७५, आईतवार १०:०२

गैर आवासिय नेपाली संघ (एनआरएन) ओसेनिया क्षेत्रको आयोजनामा सीडनीमा प्रथम ओसेनिया बिज्ञ सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ । एनआरएन अ‍ोसेनिया क्षेत्रले यस क्षेत्रमा छरिएर रहेका बिज्ञहरुलाई समेटेर उनिहरुले सिकेको शिप र ज्ञानलाई नेपालसम्म पुरयाउने प्रयास स्वरुप पहिलो पटक अस्ट्रेलियाको सीडनीमा एक दिने बिज्ञ सम्मेलनको आयोजना गरेको हो ।

अस्ट्रेलिया र न्युजिल्यान्ड जस्तो बिकसीत मुलुकमा महत्वपुर्ण भुमिकामा रहेका नेपाली बिज्ञहरुलाई एकैथलोमा भेला पारेर यहा सिकेको र आर्जेको ज्ञानलाई नेपालमा कसरी हस्तान्तरण गर्न सकीन्छ भन्ने सोचका साथ आयोजना गरिएको कार्यक्रममा केहि महत्वपुर्ण कार्यपत्रहरु प्रस्तुत भएका थिए । यस क्षेत्रमा छरिएर रहेका नेपाली समाजका अगुवाहरुलाई आमन्त्रीतगर्दै गरिएको कार्यक्रममा बिशेषगरी कृषी तथा खाद्य सुरक्षा , स्वास्थ र शिक्षा अनि पुर्वाधार बिकासमा केन्द्रित रहेको थियो ।

काठमाडौमा अक्टोबर १३ र १४मा आयोजना हुने गैर आवासिय नेपाली संघको बिश्व बिज्ञ सम्मेलनमा यहाँं प्रस्तुत गरिएका महत्वपुर्ण कार्यपत्रहरुलाई समेटिने आयोजक ओसेनियाका क्षेत्रिय संयोजक धर्मराज अधिकारीले बताए ।

हाम्रो मुख्य उद्देस्य भनेको एक पटकका नेपाली सधैको नेपाली नै हो । बिज्ञ सम्मेलनकाृ उद्देस्य बिदेशमा बस्ने बिज्ञहरुको ज्ञान र शिपलाई नेपालसम्म पुरयाउनु नै हो ।
जे जे भने पनि गरेपनि हामीले मुलुकमा लगानी गर्न सक्यौ भने मात्र देश बन्ने छ ।त्यसका लागि एनआरएनले लगानीको नया बाटोको पहिचान गर्ने बिषयको थालनी गर्ने बिश्वास लिएको छु ,संयोजक धर्मराज अधिकारीले बताए ।

कृषी तथा खाध्य सुरक्षा ,पुर्वाधार निमार्ण तथा रेलवे ,सुरुङ मार्ग ,स्वास्थ तथा शिक्षा जस्ता उपयुक्त बिषयमा केन्द्रित हुन सके यस्ता कार्यक्रम परिणाममुखी बन्ने हुनाले त्यस्ता बिषयलाई ध्यान दिएको अधिकारीले सुनाए ।

बिज्ञताको कुनै कसी हुदैन , बिदेशमा बसेर गमलामा साग फलाउन सिक्ने पनि बिज्ञ हुन अनि अस्ट्रेलियामा बसेर मुटु फेर्ने डाक्टर कुमुद धिताल सम्म हाम्रो परिप्रेक्षमा बिज्ञ हुन,त्यसैले मुलुक सुहाउदो प्रविधी र लगानी लान सके यस्ता कार्यक्रम सफल हुने कुरामा बिश्वस्त रहेको अधिकारी बताउछन ।

कार्यक्रममा युवा वर्गलाई केन्द्रित गरेर नेपाली बिध्यार्थीहरुको बिषयमा समेत केहि कार्यपत्रहरु प्रस्तुत गरिएको थियो । जसमा काउन्सिल अफ इन्टरनेशन स्टुडेन्ट अस्ट्रेलियाका केन्द्रिय अध्यक्ष विजय सापकोटाले अस्ट्रेलिया नेपाली बिध्यार्थीहरुका लागि कठिन गन्तब्य बन्दै आएको सन्दर्भमा केहि महत्वपुर्ण बिषय उठान गरेका थिए । निकै सहज रुपमा बिध्यार्थीहरुलाई अध्यन भिषा दिएप्नि लाखौ डलर खर्च गरेर पढिसकेपछि स्थायीत्वको समस्या कठिन बन्दै गएको परिप्रेक्षमा नेपाल सरकार र बिध्यार्थी तथा अभिभावकले सोच्नुपर्ने बेला आएको सापकोटाले बताए ।


उनले अहिले अन्तराष्ट्रिय बिध्यार्थीहरुमा १६ प्रतिशत मात्र पीआर पाएको तथ्याकं सार्वजनिक गर्दै भने बिश्वबिद्यालयमा पढेर शिक्षा आर्जन गर्छु भनेर आउने हो भने त्यो ठिकै छ तर पीआर पाउने सोच बनाएर आउने हो भने अस्ट्रेलिया कठिन बनेको छ ,सापकोटाले भने । बिलीयन डलर खर्च गरेर नेपाल बिध्यार्थी अस्ट्रेलियन आएपनि सो अनुसारको उपलब्धी हुन नसकेकोमा विजयले चिन्ता ब्यक्त गरे । सो सत्रमा पीजे श्रेष्ठ, जेसिका तामाङ , तिर्थराज कार्कीले यहाँंको सन्दर्भमा बिध्यार्थीको समसामयीक समस्या र त्यसका चुनौतीका बिषयमा आआफना धारणा राखेका थिए ।

यस्तै कार्यक्रममा राजु अधिकारी डा. सिताराम घिमिरे , न्युजिल्यान्डका बाबुराजा महर्जन, अमित भट्टराइ , भुपेन्द्र केसी, डा. डिल्ली बन्जाडे डा. कुशराज श्रेष्ठ, जगदिश तिम्सीना, राम राज ओली लगायतले आआफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रस्तुत गरिएका कार्यपत्रहरुमा ब्रिसबेनका पार्थ पराजुली र अनन्त कार्कीको नेपालको रोड सेफ्टी र ट्राफीक ब्यबस्थापन अनि डा. केशव कडेंलको आलुको आधुनिक बिउ उत्पादन र संभावना बिषयक कार्यपत्र निकै चाखलाग्दो रहेको थियो ।

कार्यक्रममा सरसफाइ सम्वन्धी बिषयमा युवा खेम शर्मा जस्ता जोशिला युवाले मुलुकको मुहार फेर्न बिषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अस्ट्रेलियाको लागि नेपाली राजदुत लक्की शेर्पाले यस्ता कार्यक्रमहरु देशका लागि निकै महत्वपुर्ण रहने बताउदै मुलुकको बिकासका लागि आर्थिक ब्यबस्थापनसँंगै प्राविधिक शक्तीको पनि आवश्यकता रहेको औलाइन । राजदुत शेर्पाले यतिखेर मुलुकमा युवा शक्तीको खाँंचो देखिएको परिप्रेक्षमा दक्ष जनशक्तीले देशको निमार्णका लागि स्वदेश फर्कने अभियानको थालनी गर्नु पर्ने बताइन ।

राजदुत शेर्पाले अस्ट्रेलिया नेपाली बिध्यार्थीहरुको आकर्षक गन्तब्य बनेपनि गुणस्तर शिक्षाको बिषयमा अभिभावक र बिध्यार्थी गम्भीर नभएको र त्यसमा शैक्षिक निकायहरु पनि जिम्मेबार भएको बताइन । उनले बिध्यार्थीहरुमा कठिनाइ उत्पन्न हुदै जाँंदा त्यसका जिम्मेबार निकायहरु प्रोभाइडर र परामर्शदाताहरु पनि जिम्मेबार हुनेहुँंदा यसतर्फ गम्भीर हुन संकेत गरिन ।

कार्यक्रमका बिशेष अतिथी गैर आवासिय नेपाली संघका केन्द्रिय महासचिब बद्री केसीले संसारभर फैलिएको एनआरएन अभियान मुलुकको उन्नती र प्रगतीसँंग जोडिएको हुँंदा यस्ता बिज्ञ सम्मेलनहरुको निष्कर्षले महत्वपुर्ण उपलब्धी हासिल हुने बिश्वस ब्यक्त गरे । केसीले अगाडि भने ,यतिखेर संसारभर फैलिएका गैर आवासिय नेपालीहरुको हक र हितका लागिपरेको एनआरएन अभियान देशको मुहार फर्ने अभियानमा लागि परेको छ ।

राज्यले दोहोरो नागरिकताको ब्यवस्था र सर्बोच्च अदालतले देश बाहर बस्ने एनआरएनका लागि मताधिकारीको हक प्रदान गरेकोमा खुसी ब्यक्त गरे । कार्यक्रममा महासचिब केसी र क्षेत्रिय संयोजक अधिकारीले काउन्सिल अफ इन्टरनेशन स्टुडेन्ट अस्ट्रेलियाका केन्द्रिय अध्यक्ष विजय सापकोटालाई नेपाल र नेपालीको प्रतिष्ठा अभिबृद्धी गरेकोमा एनआरएनकोतर्फवाट सम्मान समेत गरिएको थियो । कार्यक्रममा आईसीसी सदस्य दीपक भट्टराई समेत आफ्नो भनाइ राखे । कार्यक्रममा एनआरएनको बिधानमा छलफल समेत भएको थियो ।