७ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डनमा नागरिकता बहस

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७५, आईतवार १२:०५

लण्डन । वेलायतस्थित नेपाली समुदायहरुले नागरिकता निरन्तरताको विषयमा एकै ठाउँमा उभिएर छलफल गरेका छन् । उनीहरुले अन्तराष्ट्रिय नेपाली समाज युकेको आयोजनामा लण्डनस्थित गोल्डेनसीप रेष्टुरेन्टमा जम्मा भएर नेपाली नागरिकताको निरन्तरताको लागि चिन्तन गरेका हुन् ।

संस्थाका अध्यक्ष चन्द्र गुरुड्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कृष्ण गैरेले गरेका थिए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्य, एनआरएन युके उपाध्यक्ष पुनम गुरुड्, महासचिव राज कुमार त्रिपाठी, पु अन्तराष्ट्रिय नेपाली समाजका पुर्व संयोजक धन बहादुर गुरुड्ग, भुपु ब्रिटीस सैनिक नागरीकता निरन्तरता आन्दोलनका संयोजक थर्क बहादुर राना, गोर्खा आन्दोलनका अग्रज ज्ञानराज राई, बिजीडव्लुएस अध्यक्ष टिकेन्द्रध्वज देवान, रिटायर्ड लेफ्टीनैन्ट कर्णेल याम राना, मगर संघ युकेका अध्यक्ष नेम थापा, पोखरेली मंचका अध्यक्ष मान गुरुड्ग, तमुधि युकेका महासचिव कृष्ण गुरुड्ग, चार भंन्ज्याड्ग तमु समाजका अध्यक्ष रि मे कृष्ण गुरुड्ग, जनसम्पर्क समितिका अध्यक्ष युवराज गुरुड्ग , संघिय समाज युकेका अध्यक्ष कमल गुरुड्ग, अधिवक्ताद्धय सुरेन्द्र कुमार श्रेष्ठ, अधिवक्ता गोविन्द बेलवासे, पुर्व डिएसपी बाचस्पति रेग्मी, घोताने समाजका महासचिव इन्द्र घोताने, गोरखाली समाजका उपाध्यक्षमा हेम गुरुड्ग, उपाध्यक्ष नयाँ शक्ति युकेका दिपक गैरे, उपाध्यक्ष नयाँशक्ति युकेको थाम बिश्वकर्मा, उपाध्यक्ष नयाँ शक्ति युके, सकुन गुरुड्ग, समाजसेवी डा. भरत सिम्खडा, लगायतले आआफ्नो भनाइ राखेका थिए ।