१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सञ्चारिकाको अध्यक्षमा पण्डित

नेपालब्रिटेन संवाददाता
३१ भाद्र २०७५, आईतवार १४:१७

काठमाडौं । सञ्चारिका समूहको सातौं महाधिवेशनबाट नितु पण्डितको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।
त्यसैगरी उपाध्यक्षमा कमला पन्थी, महासचिवमा विमला तुम्खेवा, सचिवमा यशोदा अधिकारी र कोषाध्यक्षमा सीमा शर्मा निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यमा कृति भट्टराई, पवित्रा सुनार, उर्वशी बस्न्यात, रुबी रौयियार, वसन्ती बास्तोला, सञ्चिता घिमिरे, कविता थापा र दुर्गा कार्की निर्वाचित हुनुभयो । महाधिवेशनले लैङ्गिकमैत्री सञ्चारगृह हुनुपर्ने लगायतका ११ बँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ ।