८ बैशाख २०८१, शनिबार
Follow Us

निर्मला पन्तका अभिभावकद्वारा प्रधानमन्त्री ओलीसँग भेटवार्ता

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०७५, सोमबार ०५:४४

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारसँग आज भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले निर्मला पन्तका बुवा र आमासंग भेट गरेका हुन् । घटनाको ५२ दिनपछि प्रधानमन्त्री ओलीले पन्त कि आमा दुर्गादेवी र बाबु यज्ञराज पन्तसँग छलफल गरेका हुन् ।

बालुवाटारमा भएको भेटमा निर्मलाका आमाबाबुले राज्यले आफुहरुलाई न्याय दिन नसकेको गुनासो गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले घटनाका सम्वन्धमा अनुसन्धान भैरहेको भन्दै छिट्टै अपराधी कानूनी कारवाहीमा आउने आश्वासन दिएका छन् ।

छोरीको हत्यारा पहिचान गरि आफुहरुलाई न्याय दिलाउन भन्दै र्निमलाका बुवा यज्ञराज र आमा दुर्गादेवी ६ दिनअघि काठमाडौं आएका हुन । उनीहरुले यसअघि गृहमन्त्री रामवहादुर थापा, प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल लगायतसँग यसअघि नै भेट गरिसकेका छन् । सरकारले भने घटनाको बारेमा अनुसन्धान भैरहेको जनाउदै आएको छ ।