७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल र चिनको संयुक्त सैन्य अभ्यास आजबाट सुरु

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०७५, सोमबार ०८:५०

काठमाडौं । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास चीनको सिचुवान प्रान्तको छेन्दूमा आज सुरु हुँदैछ । बार्‍ह दिनसम्म चल्ने ‘सगरमाथा फ्रेन्डसिपको दोस्रो संस्करण’मा सहभागि हुन नेपालबाट महासेनानीको नेतृत्वमा १६ सदस्यीय टोली आज विहान त्यसतर्फ प्रस्थान गरेको छ ।

अघिल्लो वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण छेन्दूमा हुन लागेको हो । सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला र विपद् व्यवस्थापनलगायतमा नै केन्द्रित हुनेछ । गत वर्ष वैशाखमा भएको अभ्यास यस पटक सरकार गठनमा भएको ढिलाइ र प्रधानमन्त्री ओलीको चीन भ्रमणले केही समयपछि धकेलिएको हो ।

प्रधानमन्त्री ओली र त्यसलगत्तै तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको चीन भ्रमणपछि सैन्य अभ्यास गर्ने टुंगो लागेको थियो । सैन्य अभ्यासका बारेमा भारत अमेरिका लगायतका देशले विभिन्न प्रश्न उठाउदै आएपनि नेपाली सेनाले भने चीनसँगको संयुक्त सैन्य अभ्यास नियमित र सामान्य भएको बताउदै आएको छ ।

नेपाली सेनाले भारतीय सेनासँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । सूर्य्किरण नाम दिइएको सो सैन्य अभ्यासको तेह्रौं संस्करण गत जेठमा भारतको पिथौरागढमा भएको थियो ।