१३ बैशाख २०८१, बिहीबार
Follow Us

देउवाले राष्ट्रलाई धोका दिए – कांग्रेस नेता पौडेल

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७५, सोमबार ११:०५

लन्डन– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको कारण पार्टी संकटमा रहेको आरोप लगाएका छन्। दुई साता लामो युरोप भ्रमणमा रहेका बरिष्ठ नेता पौडेलले नेपाली जनसम्पर्क समिति लग्जेम्वर्गको प्रथम अधिवेशन उद्घाटन गर्दै यस्तो आरोप लगाएका हुन्।

नेता पौडेलले नेपाली कांग्रेसको १३ औं महाधिवेशनको म्याण्डेट गलत भएका कारण यो अवस्थामा आएको बताए।

सभापति देउवाप्रति आक्रमक देखिएका नेता पौडलले सभापति देउवाको नाम उच्चरण नगरी प्रजातन्त्रलाई दरवारमा बुझाएको, व्यक्तिगत स्वार्थको लागि पार्टी र राष्ट्रलाई धोका दिए आरोपसमेत लगाए।

उनले नेपाली कांग्रेस विधि विधानबाट बिचलित हुँदा संकटमा पुगेको बताए। पौडलले प्रदेश सभादेखि राष्ट्रिय सभासम्म कांग्रेसले अविश्वासको प्रस्तावसम्म राख्न नसक्ने हैसियतमा पुग्नु १३ औं महाधिवेशनले दिएको म्यान्डेटको परिणाम भएको बताए।

उनले १३ औं महाधिवेशनले दिएको म्यान्डेट करेक्सन गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए। नेपाली कांग्रेस विधिविधानले चल्ने कि नचल्ने बिषयमा विवाद रहेको जिकिर गर्दै हुकुम प्रमाङ्गीबाट राणा शासन र राजाको शासन मात्र चलेको स्मरण गरे। तर नेपाली कांग्रेसमा हुकुमी शासन नचल्ने उनले बताए।

बालकृष्ण सापकोटाको सभापतित्वमा सम्पन्न अधिवेशनमा जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापाकोटा, नेपाल आदिवासी जनजाति संघका पूर्वअध्यक्ष नरेन्द्र कुमाललगायतले शुभकामना मन्तव्य दिए। अधिवेशनको लागि पार्टी केन्द्रले खटाएका नेपाली जनसम्पर्क समिति बेल्जियमका पूर्वअध्यक्ष गंगाधार गौतम अधिवेशन स्थलमा पुगेका थिए। तर वरिष्ठ नेता पौडेलले गौतमलाई मान्यता दिएनन्। त्यसपछि जनसम्पर्क समिति लग्जेम्वर्गको अधिवेशन विवादस्पद बनेको थियो।