१४ बैशाख २०८१, शुक्रबार
Follow Us

फरार अभियुक्त पक्राउ

sarusaru
१ आश्विन २०७५, सोमबार १२:३५

सिन्धुली – हतकडीसहित फरार एक अभियुक्तलाई प्रहरीले ११ दिनपछि पक्राउ गरेको छ ।

सुनकोशी गाउँपालिका–३ रातमाटाबाट फरार भएका सञ्जय परियारलाई प्रहरीले गएराति बसपार्कबाट पक्राउ गरेको हो । सर्लाही ईश्वरपुरा नगरपालिका– ५ का १७ वर्षीय परियार जबरर्जस्ती करणीको अभियोगमा काठमाडाँैबाट पक्राउ गरी सर्लाही लैजाने क्रममा गत भदौ २१ गते हतकडीसहित बाटोबाटै भागेका थिए ।

परियारलाई बसपार्कमा काम गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । उनलाई आवश्यक कारवाहीको लागि सर्लाही प्रहरीको जिम्मा लगाइएको छ ।
रासस