७ बैशाख २०८१, शुक्रबार
Follow Us

दुर्घटनामा दुई अष्ट्रेलियन नागरिकको निधन

नेपालब्रिटेन संवाददाता
१ आश्विन २०७५, सोमबार १४:४१

ओखलढुङ्गा । उदयपुरको घुर्मीमा जीप दुर्घटना हुँदा दुई अष्ट्रेलियन नागरीकको मृत्यु भएको छ । अष्ट्रेलियन नागरिक ७७ वर्षीय हुसेक रोडाल्ट र उनकी ७५ वर्षीया श्रीमती हुसेक आन सेभेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा आठ जना घाइते भएका छन् ।

काठमाडौँबाट ओखलढुङ्गातर्फ आउँदै गरेको ना १ ज ७९६९ नं को जीप उदयपुरको कटारी नगरपालिका– १४ घुर्मी बजार नजिक दुर्घटना भएको हो । जीप सडकबाट करीब एक सय मिटर तल खसेको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । दुवै जनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।