७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन युकेको टोली नेपालमा भेटघाटमा व्यस्त

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७५, सोमबार २१:५७

लण्डन । गैरआवासीय नेपाली नागरिकताको निरन्तरताको बारेमा बिभिन्न पार्टीका नेताहरुसंग भेटघाट गर्न नेपाल पुगेको गैरआवासीय नेपाली संघ युकेको टोली अहिले भेटघाटमा व्यस्त छ । गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीको नेतृत्वमा नेपाल पुगेको टोलीले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा नेता शुभास नेग्वाङ्ग लगायतसंग भेट गरेको छ । भेटकाक्रममा नेपाली कांग्रेसका सभापति देउवाले गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन पहल गर्ने बताएका थिए ।

सोमबार देउवा निवास बुढानिलकण्ठमा पुगेको टोलीलाई गैरआवासीय नेपालीलाई नागरिकता दिने विधेयक पास गराउन पार्टी पूर्ण सहयोग गर्ने बचन दिए ।
एनआरएन यूकेको टोलीले नागरिकता निरन्तरताको माग गर्दै देउवालाइए ज्ञापन पत्र बुझाएको थियो ।

भेटमा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, एनआरएनए उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूकेका पुर्वअध्यक्ष डमर घले, , महासचिव राजकुमार त्रिपाठी, एनआरएन यूकेका उपाध्यक्ष ललित न्यौपाने,एनआरएनए आइसीसी सदस्यहरु जय प्रकाश गुरुङ , कुमारी गुरुङ, एनआरएन जर्मनीका पुष्प थापा, अमेरिकाबाट सोनाम लामा,आयरल्याण्डका पूर्व अध्यक्ष गणेश प्रसाईं र डेनमार्कका प्रतिनिधि पनि सहभागी थिए ।
यस्तै टोलीले आइतबार साँझ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेतासमेत रहेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायत सांसदहरुसँग भेट गरेको छ ।

काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको भेटमा नेम्वाङसहित कांग्रेस सांसद राधेश्याम अधिकारी र नेकपाका सांसद कृष्णभक्त पोखरेलको उपस्थिति थियो । भेटमा नेम्वाङ, अधिकारी र पोखरेलले संसदमा विचाराधिन रहेको गैरआवासीय नेपाली नागरिकतासम्बन्धि विधेयक पास हुने विश्वास दिलाए । उनीहरुले विधेयक पास गर्न आफूहरुले भूमिका खेल्ने स्पष्ट पारे ।

भेटमा एनआरएनए केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, एनआरएनए यूकेका पुर्वअध्यक्ष डमर घले , महासचिव राजकुमार त्रिपाठी, एनआरएन यूकेका उपाध्यक्ष ललित न्यौपाने, आयरल्याण्डका पूर्वअध्यक्ष गणेश प्रसाईंलगायत सहभागी थिए ।