१५ चैत्र २०८०, बिहीबार
Follow Us

मधुश्रीलाई ॐ कार्की स्मृति पुरस्कार र घायलश्रीलाई सिर्जनशील पुरस्कार

sarusaru
२ आश्विन २०७५, मंगलवार ०३:३९

ॐ कार्की स्मृति पुरस्कार प्रतिष्ठानले स्थापनकाे पहिलाे वर्ष ॐ कार्की स्मृति पुरस्कार कथाकार मन्दिरा मधुश्री र ॐ कार्की स्मृति सिर्जनशील पुरस्कार पछिल्लो समय मोफसलमा रहेर साहित्यका हरेक गतिविधिमा अग्रसर हुँदै आएका युवा साहित्यकार घायलश्रीलाई दिने भएकाे छ ।

हाम्रालार्इ हाेर्इन राम्रालार्इ खाेजाैँ भन्ने उद्धेश्यले स्थापित प्रतिष्ठानले पहिलाे पटक साहित्यकारद्धय मन्दिरा मधुश्री घायलश्रीलाई उक्त पुरस्कार दिनलागेकाे सस्थापक अम्बिका कार्कीले जानकारी दिनुभयाे । पुरस्कार यही असोज २४ गते हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनले एक कार्यक्रमको बिच वितरण गरिने छ । दुवै पुरस्कारकाे राशी रु पाँच हजार, दोसल्ला र सम्मानपत्र रहेकाे छ।

गजलकार अम्बिका कार्कीले अाफ्नाे श्रीमान ॐ बहादुर कार्कीकाे स्मृतिमा यसै बर्ष स्थापना गर्नुभएकाे हाे । उहाँकाे श्रीमानकाे २०५६ बाैशाख १९ तत्कालिन माअाेवादीस‌‍‌गकाे दाेहाेराे भिड्न्तमा राज्यकाे तर्फबाट साहदत प्राप्त गर्नुभएकाे थियाे ।