१५ चैत्र २०८०, बिहीबार
Follow Us

२ सय वर्ष पुरानो सिमलको रुख किन ढाल्न सक्दैन हुरीले ?

sarusaru
२ आश्विन २०७५, मंगलवार ०८:१९

सरु पौडेल काठमाण्डौ – बाग्लुङ जिल्लाको दक्षिणी भेगमा रहेको बलेवा नारायणस्थानको गार्लुङ भन्ने ठाउँमा रहेको एक सिमलको रुख करिब दुई सय वर्ष भन्दा बढीको भइसक्यो तर त्यो रुखलाई कुनै पनि हावा हुरीले ढलाउन सक्दैन । बारीको बीचमा रहेको सो सिमलको रुखमा चराचुरुङ्गीहरु बसोबास गर्छन् भने रुखको फेदमा झाँक्रीको थान रहेको छ । ‘ठूलो ठूलो हावा हुरी आउँछ अरु रुखहरु ढल्छन् तर यो सिमलको रुख भएर पनि हाँगासम्म पनि भाँचिँदैन ’ । त्यस रुखको नजिकै बस्ने ८६ वर्षीय शान्ता देवी पौडेलले भन्नुभयो । उहाँले भन्नुभयो – म ११ वर्षकी हुँदा विहे गरेर यहाँ आउँदा यो रुख यस्तै थियो अझै उस्तै छ । यो रुखमा पहिले चिल गिद्दहरु खुब बस्थे आजकल पहिलेजस्तो बस्दैनन् हिउँदमा कहिलेकाहीँ मात्र आउँछन् तर यहाँ सर्प कहिल्यै टुट्दैनन् । ‘यो रुखले हामीलाई रक्षा गरेजस्तो लाग्छ सर्प आएपनि केही गर्दैनन्’ । – त्यहीँ बसोबास गर्ने पवित्रा पौडेलले बताउनुभयो । हाम्रा ससुराहरु यहीँ जन्मनुभएको हो ।उहाँ जान्ने हुँदा यो रुख यस्तै थियो रे । बुढी सासुले भन्नुहुन्थ्यो यो रुख लगभग २०० वर्षको भइसक्यो यसमा भगवान्को शक्ति भएको कारण यो ढल्न सक्दैन ।