१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौंमै २१ वर्षीया युवतीको सामूहिक बलात्कार

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०७५, मंगलवार १०:५७

काठमाडौं । सोमबारबाट स्युचारटाबाट हराइरहेकी २१ वर्षीय युवती सामूहिक बलात्कारको शिकारमा परेकी छिन् । उनलाई भीमढुंगामा तीन जनाले सामूहिक बलात्कार गरेको हुनसक्ने आंशकामा प्रहरीले तीन जनालाई बलात्कारको अभियोगमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोट रालुकादेवी गाउँपालिका–९ घर भई कलंकी बस्ने ३९ वर्षीय अर्जुन लामा, काठमाडौं नागार्जुन नगरपालिका–८ मजुवा बस्ने ३३ वर्षीय सूर्य राना र भीमढुंगा नर्सरीमा होटल सञ्चालन गर्ने ४० वर्षीय रामकृष्ण नगरकोटी छन् ।

नागार्जुन नगरपालिका–७ हसनटार बस्ने युवतीलाई उनीहरुले ललाइफकाई नगरकोटीले सञ्चालन गरेको होटलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।

युवती सोमबार स्युचाटारबाट हराएकी भन्ने खबर प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त कालिमाटीले खोजतलास गरेको थियो। प्रहरी टोलीले नगरकोटीको होटलमा उनलाई फेला पारेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।