१५ बैशाख २०८१, शनिबार
Follow Us

बेलायती राजदूतले साउदीमा इस्लाम अपनाए

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७३, बिहीबार १३:५५

रियाद । साउदी अरबका लागि बेलायती राजदूत साइमन पोल कोलिस र उनकी पत्नी हुँदा मुजारकेशले इस्लाम धर्म अपनाएका छन् । राजदूत कोलिसले हज गर्दै गरेको तस्बिर टुइटरमा सेयर गरेका थिए भने उनकी पत्नीले रिटुइट गरेकी थिइन् ।
टुइटमा गरिएको एउटा प्रश्नको जवाफमा राजदूत साइम कोलिस लेख्छन्, ‘म ३० वर्षसम्म मुस्लिम समुदायमा रहेको र हुदासँग विवाह गरेपछि मैले इस्लाम धर्म अपाएको हुँ ।’
कोलिसलाई गत जनवरीमा साउदी अरबका लागि बेलायती राजदूत बनाइएको थियो । उनले हज गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । साउदी अरबका राजकुमारले राजदूत कोलिसले इस्लाम धर्म अपाएकोमा बधाइ दिएका छन । राजदूत र उनकी पत्नीलाई विशेष शुभकामना दिएका छन् ।
– बीबीसी