१३ बैशाख २०८१, बिहीबार
Follow Us

मलेसियामा विषाक्त रक्सी सेवनले ४ नेपालीसहित ७ को मृत्यु

नेपालब्रिटेन संवाददाता
२ आश्विन २०७५, मंगलवार १४:३८

काठमाडौं । मलेसियामा विषाक्त रक्सी सेवन गर्दा ४ नेपालीसहित ७ जनाको मृत्यु भएको छ । मृत्यु हुने चार नेपालीमध्ये दुई जनाका नाम पुष्टि भएको छ । मलेसियाको राजधानी क्वालालम्पुर नजिकै सेलेङ्गार सहरमा बस्दै अएका सञ्जय उराव र विशाल बुढाथोकी रहेका मलेसियास्थित नेपाली दूतावासले जानकारी दिएको छ। अन्य दुई जना नेपाली आधिकारिक विवरण लिने प्रयास जारी रहेको कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा एक जना भारतीय, एक बंगलादेशी र एक मलेसियाली नागरिक रहेका छन् । विषाक्त रक्सी सेवनका कारण १६ जना बिरामी परेका छन्। तीमध्ये १३ जना नेपाली कामदार रहेका दूतावासले बताएको छ। उनीहरुको मलेसियाका तीन वटा सरकारी अस्पतालमा उपचार भइरहको छ। बिरामीकाे अवस्था सामान्य रहेको अस्पतालले दूतावासलाई जानकारी गराएको खरेलको भनाइ छ।

मृतकको पोस्टमार्टम रिपोर्ट आइनसकेको र घटनाबारे थप जानकारी लिइरहेकाे दूतावासले उल्लेख गरेको छ। नेपाली कामदारको मृत्युका विषयमा मलेसियास्थित नेपाली दूतवासले जानकारी लिइरहेको बताएको छ।