१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपालभ्रमणमा रहेको एनआरएन युकेको टोली उत्साहित

नेपालब्रिटेन डट कम्
२ आश्विन २०७५, मंगलवार २२:१५

लण्डन । गैरआवासीय नेपाली नागरिकताको निरन्तरताको बारेमा बिभिन्न पार्टीका नेताहरुसंग भेटघाट गर्न नेपाल पुगेको गैरआवासीय नेपाली संघ युकेको टोली उत्साहित देखिएको छ ।

टोलीले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीना, गृहमन्त्रि रामबहादुर थापा, कानुनमन्त्रि भानुभक्त ढकाल, पूर्वसभामुख शुभास नेग्वाङ्ग, सांसदहरु डा. सूर्य पाठक, गगन थापा, राधेश्याम अधिकारी, कृष्ण भक्त पोखरेल, लगायतलाई भेटे पछि टोली उत्साहित भएको हो ।

छोटो समयको तयारीमा अधिकांस सरोकारवाला व्यक्तिसंग भेटघाट गर्ने अवसर मिल्यो । निकै ठूलो उपलव्धिको रुपमा लिएको छु गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीले नेपालब्रिटेन डट कमसंग भने ।

टोलीसंगको भेटघाटको क्रममा नेताहरुले संसदमा सांसदद्धय डा. सूर्य पाठक र कृष्णभक्त पोखरेलद्धारा प्रस्तुत संसोधनप्रस्तावबाटै गैरआवासीय नेपालीहरुले माग गरे बमोजिमको नागरिकताको विषयलाई सम्वोधन गरिने वताएका थिए ।

फगामीले संसदमा दर्ता भएको नागरिकता विधेयक संसोधन प्रस्तावले संघको मागलाई पूर्ण रुपमा नसमेटे पनि नागरिकता सम्वन्धी महत्वपूर्ण विषय समेटिएको वताए । प्रतिनिधी मण्डलले भेटघाटकोक्रममा सबै नेताहरुलाई ज्ञापनपत्र बुझाएका थिए ।

हाल संसदीय समितिमा रहेको नागरिकता सम्वन्धी विधेयक भने संसदको हिउँदे अधिवेशनमा मात्र प्रस्तुत हुने भएको छ ।

एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, एनआरएनए उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूकेका पुर्वअध्यक्ष डमर घले, महासचिव राजकुमार त्रिपाठी, एनआरएन यूकेका उपाध्यक्ष ललित न्यौपाने,एनआरएनए आइसीसी सदस्यहरु जय प्रकाश गुरुङ , कुमारी गुरुङ लगायतको प्रतिनिधीमण्डल शनिवार नेपाल गएको थियो । अध्यक्ष फगामीको बुधवार लण्डन फर्किने कार्यक्रमतय भएको छ ।