१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मोटरसाईकल दुर्घटना ;; एक जनाको ज्यान गयो

sarusaru
३ आश्विन २०७५, बुधबार ०४:५०

बागलुङमा गत राति मोटर साईकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका ८ का कृष्ण कँडेलको मोटर साईकल दुर्घटनामा परि मृत्यु भएको हो । मंगलवार राति बागलुङ नगरपालिका २ रुद्रेपिपलमा आँफैले चलाएको ग ६ प ७०३१ नम्बरको मोटरसाईकल घर छेउको पर्खालमा ठोकिँदा दुर्घटना भएको थियो । कँडेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । राति करिव ११ः३० बजे दुर्घटनामा परेका कँडेलको धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा राति १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।