१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपाल पत्रकार महासंघमा एनआरएन ई-लाईब्रेरी स्थापना हुने

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७५, बुधबार ०८:२२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा ई-लाईब्रेरी स्थापना गर्ने भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले बुधवार महासंघको केन्द्रिय कार्यालय भवनमा पुगेर लाईब्रेरीको मोडालिटी वारे जानकारी लिएका थिए ।  संघले  आगामी ११ अक्टोवरमा ई-लाईब्रेरी सिलान्यास गर्ने गरि नेपाल लाईब्रेरी फाउण्डेशनसंग मिलेर काम थाल्ने तयारी गरेको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, पूर्वउपाध्यक्ष तथा लाईब्रेरी निमार्ण समितिकी संयोजक अनिता बिन्दु र अध्यक्ष भट्ट बीच भएको बैठकले
लाईब्रेरीको मोडालिटी, लेआउट, डिपीआर तयार गरि १० अक्टोवरमा नेपाल लाईब्रेरी फाउण्डेसन र गैरआवासीय नेपाली संघ बीच सम्झौता गर्ने निर्णय भएको छ ।

बैठकमा गैरआवासीय नेपाली संघका सिइओ हेमन्त दवाडी, नरेश कोइराला, शिसिर भट्ट, नेपाल लाईब्रेरी फाउण्डेसनका महासचिव धन श्रेष्ठ लगायतको उपस्थिती थियो ।