६ बैशाख २०८१, बिहीबार
Follow Us

तरुण दलको महाधिवेशन कात्तिक २७ गते

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७३, बिहीबार १४:०५

काठमाडौं । नेपाल तरुण दलको चौथो महाधिवेशन आगामी कात्तिक २७ देखि हुने भएको छ । तरुण दलको महाधिवेशन आगामी कात्तिक २७ देखि २९ गतेसम्म हुने मिति तय भएको निर्देशन समितिका सदस्य रामकृष्ण यादवले राससलाई जानकारी दिनुभयो । समितिको आज बसेको बैठकले आगामी असोज १५ गतेसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गर्न तरुण दललाई निर्देशन दिएको छ ।
सो अवधिमा जिल्ला अधिवेशन सम्पन्न हुननसकेमा निर्देशन समितिले हस्तक्षेप गरी कात्तिक १० गतेसम्म विवादित सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने भएको छ ।

केही जिल्लामा देखिएको विवादका कारण समयमै जिल्ला अधिवेशन हुन नसक्ने देखिएपछि महाधिवेशनको मिति सारिएको हो । यसअघि सो महाधिवेशन आगामी असोज ३ देखि ५ गतेसम्म पोखरामा हुने भनिएको थियो ।

हालसम्म ६२ जिल्ला अधिवेशन मात्र सम्पन्न भएको र अन्य जिल्लामा हुने क्रममा रहेको अध्यक्ष उदयसम्शेर राणाले जानकारी दिनुभयो । यसअघि पनि भदौ २४ देखि २६ गतेसम्मको मिति तोकिए पनि तयारी नपुगेको भनी पछाडि सारिएको थियो । दुई काँग्रेस एकीकरणपछि विसं २०६९ वैशाख २ गते तत्कालीन सभापति सुशील कोइरालाले छ महिनाका लागि भनेर गठन गरेको तदर्थ समितिले हालसम्म महाधिवेशन गर्न सकेको छैन ।