१५ बैशाख २०८१, शनिबार
Follow Us

उद्यमी हेमराज ढकाल सुप्रवल जनसेवा श्री तृतीयद्धारा विभूषित

नेपालब्रिटेन डट कम्
३ आश्विन २०७५, बुधबार १४:४९

लण्डन। सरकारले संविधान दिवशको अवसर पारेर आर्थिक, ब्यवसायिक तथा सहकारीसँग सम्बन्धित ब्यक्तिहरुलाई राष्ट्रिय पदक घोषणा गरेको छ । सरकारद्धारा घोष्ति विभूषण अनुसार आइएमई ग्रुपका हेमराज ढकाल सुप्रवल जनसेवा श्री तृतीयद्धारा विभूषित भए ।

ढकाल आईएमई ग्रुप अन्तर्गतको विभिन्न संस्थाहरुमा प्रबन्ध संचालक छन् ।

त्यसैगरी काठमाण्डौं फन पार्क (चन्द्रागिरी हिल्स) लिमिटेड लगायत विभिन्न संस्थहरुमा संचालक पदमा कार्यरत छन् । व्यवस्थापनमा स्नातकोत्तर उपाधी हांसिल गरेका छन् ।

उद्यमीहरु हरिभक्त शर्मा, देविप्रकाश भट्टचन, मीनवहादुर गुरुङ, लोकमान्य गोल्छा र राजेन्द्र मल्ललाई पनि सुप्रवल जनसेवा श्री तृतीयले सम्मानित हुने भएका छन्। सहकारी आन्दोलनका अगुवा केशव बडाललाई सुप्रवल जनसेवा श्री तृतीय दिइने भएको छ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पनि प्रवल जनसेवा श्री चतुर्थ दिइने भएको छ। यो पदक चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाह, कृषि सहकारीकी मीना ढकाल, उद्यमी निरु पुलामीले पाउने छन्।

होटल संघ नेपालका अमरमान शाक्य, ललितपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अमरमान जोशी, रत्ननगर टाँडीका ब्यवसायी दीपककुमार कर्मचार्य र यादवप्रसाद पाण्डेलाई पनि दिइने भएको छ।

सरकारले घोषणा गरेको पदक एक कार्यक्रम आयोजना गरी राष्ट्रपतिले वितरण गर्नेछिन्।